अमेरिकी डलरसँगै बढ्यो युरो र अष्ट्रेलियन डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

मंगलबार अमेरिकी डलरको भाउसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ १० पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५ पैसा पाइन्छ।
सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५३ पैसा बढेको हो।
मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ८३ पैसा र बिक्रीमा ८८ रुपैयाँ २३ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३० पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ७ पैसा र बिक्रीमा २९ रुपैयाँ २१ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ४९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३२ पैसा तोकिएको छ।