बिमा सचेतना कार्यक्रम सम्पन्न
सुर्खेत । गएको शनिवार जुम्लाको कनका सुन्दरी गाउँपालिकामा जुम्ला र प्रभु इन्स्योरेन्स लिमीटेड बिच एकदिने बिमा सचेतना तथा अन्तरक्रिया सम्पन्न भएको छ । बिमा कम्पनीहरुको नियमक निकाय नेपाल बिमा प्रधिकरणको निर्देशनमा कर्णाली प्रदेश का स्थानीय तहहरुमा बिमा सचेतना गर्ने उद्दृेश्यका साथ प्रभु इन्स्योरेन्स लिमिटेडले जुम्लाको कनका सुन्दरीमा कार्यक्रम सम्मन्न गरेको हो ।


सोही कार्यक्रममा गाउँपालीकाका सम्पुर्ण ८ वटै वडा अध्यक्षहरु स्थानीय जनप्रतिनिधी कृषक, इलाका प्रहरी प्रमुख स्थानीय सरोकार वला सहित ७० जना बढी स्थनीयहरुको उपस्थिी रहेको थियो । सोही कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आर्चायाले ग्रामिणका गाउँ बस्तीहरुमा बिमाको आबश्यकता रहेको कृषि बिमा पशुबिमा तथा सम्पती बिमाको आबश्यकता रहेकाले अब बिमा कम्पनीहरुले सहर बजार केन्द्रित हुनुको साटो ग्रामिण क्षेत्रहरुलाइ प्राथामिकता दिनु बताए ।
उनले भने ,जुम्ला जिल्ला कृषी क्षेत्रको हब भएकाले पनी यहाँ बिमाको उत्तिकै आबश्यकता छ । गाउँपालीका बिमाको क्षेत्रमा जस्तो सुकै पनी जोखीम लिने जानकारी दिदै अब बिमा कम्पनीहरुले बिमाको पहँच बिस्तार गर्न शाखा कार्यलय हरुको पनी बिस्तार आवश्यकता छ ।
कार्यक्रमको अध्यक्षता प्रभु इन्स्योरेन्स लिमिटड सुर्खेत शाखा प्रमुख कलम रोकायाले गरेका थिए भने भने प्रमुख अथिती गाउँपालीकाका अध्यक्ष दामोदर प्रशाद आचार्यले,साथै विष्टि अथिती गाउँपालीकाका उपाअध्यक्ष प्रेम कली बुढा गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत्त टेक बहादुर शाही नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी ( निप्स ) कर्णाली प्रदेश प्रमुख योगेन्द्र बहादुर कार्किले गरेका थिए ।
निर्जिवन बिमा को आबश्यकता र यस्को महत्वका बिषयमा शाही नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स ) का अध्यक्ष योगेन्द्र बहादुर कार्किले प्रस्तुती राखेका थिए भने सहभागी बिच छलफल तथा अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न हरुको जबाफ आयोजक प्रभु इन्स्योरेन्स लिमिटेड शाखा प्रमुख कलम रोकायाले गरेका थिए ।
