ठाटिकाँधमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु
दैलेख । दैलेखमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) किशोर लम्सालले घट्ट पिस्न गएर घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जानकारी दिए । प्रहरीलाई स्थानीयले खवर गरेपछि घटनाबारे सत्य तथ्य बझुन प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।
