दुल्लु नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना १५ दिनभित्र नहटाए कार्वाही गर्ने
दैलेख । दैलेखको दुल्लु नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर, टहरा तथा संरचना हटाउन १५ दिने सुचना जारी गरेको छ ।
नगरपालिकाका विभिन्न स्थानमा सार्वजनिक जग्गाको अधिक्रमण गरेर घर, टहरा तथा विभिन्न संरचना बनाएर बसोबास गरिरहेको भन्ने जानकारी नगरपालिकाले विभिन्न माध्यमबाट प्राप्त गरेको गरेकोल राष्ट्रिय भूमि आयोगबाट निस्सा प्राप्त गरेका बाहेक नगरपालिकाका विभिन्न स्थानमा बनेका संरचनाहरु १५ दिनभित्र हटाईसक्न नगरपालिकाले सुचना जारी गरेको हो ।
यस्तै नगरपालिकाले तोकिएको समयमा सरकारी जग्गा अतिक्रमसण गरि बनाईएका संरचना नहटाएमा प्रचलितक कानुन बमोजिम कार्वाही गर्ने पनि जनाएको छ ।

