नेविसंघ नेता शाही राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्मा २ जना सदस्य नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार विनोदकुमार शाही र रजनी कुमारीलाई राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त गरिएको हो ।
राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा (५)को उपदफा (४) अनुसार शाही र कुमारीलाई नियुक्त गरिएको हो । उनीहरुको पदावधि ४ वर्षको रहनेछ ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ का शाही नेविसंघका नेता हुन भने कुमारी जसपा निकट हुन् ।

