ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आजै राति १२ बजेदेखि लागू हुने, कति पुग्यो ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक सूचना जारी गर्दै आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमको आज बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल र मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।
यससँगै अब नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।
