नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सुर्खेतमा प्रशिक्षण
सुर्खेत । नेपाली काँग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई विभिन्न विषयमा प्रशिक्षण गरेको छ । नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमिति प्रदेश प्रशिक्षण विभागले जनप्रतिनिधिहरुका लागि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको हो ।
नेपाली काँग्रेसबाट कर्णालीका स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले शिक्षा स्वास्थ्य रोजगार खेलकुदमा प्रदेश र स्थानिय तहको भुमिकाको बिषयमा प्रशिक्षण दिएका थिए । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले योजना छनोट, प्रभावकारी कार्यन्वयन र नागरिकका अपेक्षा विषयमा साथै कृष्ण कुमार बिसीले कर्णाली प्रदेशमा उधोग, पर्यटन को अवस्था र बन विकासका मुद्दाहरूमा र डा। महेन्द्र कुमार मल्लले सुशासन र स्थानिय जनप्रतिनिधिको अवस्था को बिषयमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण गरेका हुन ।
स्थानिय तहमा ऐन नियम र निर्बाचित जनप्रतिनिधिहरुको भुमिका बिषयमा अधिबक्ता बिवस कुमार बस्नेत, पार्टी र जनप्रतिनिधि बीचको सम्बन्धमा सहप्राध्यापक अर्जुन बहादुर ऐडीले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रममा कर्णालीका विभिन्न स्थानीय तहमा नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख, उप–प्रमुख, गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष जिल्ला समन्वय समिति प्रमुख र उप–प्रमुखहरुको सहभगिता रहेको नेपाली काँग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमन शाहीले जानकारी दिए ।