खतिवडाद्धारा विद्यार्थीलाई पोशाक र झोला वितरण
सुर्खेत । काठमाडौँ निवासी मुकेश खतिवडाले दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका– ७ को रामलक्ष्मण आधारभुत विद्यालय कोलटाकुरामा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरेका छन्।
सामाजिक कार्यमा सक्रिय खतिवडाले बुधबार एक कार्यक्रमका बीच पोशाक तथा झोला वितरण गरेका हुन् । ख्तिवडा विगत १२ वर्ष देखि निरन्तर सामाजिक सेवामा तल्लिन छन्।
दुर्गम क्षेत्रका विद्यालयहरुमा वार्षिक २ हजार पाँच सय पोशाक र झोला वितरण गर्दै आएका छन्, उनले । पोशाक तथा झोला वितरणमा स्थानीय पृथ्वी विक्रम शाहीले समन्वय गरेका थिए ।
खतिवडाले अघिल्लो पटक सोही नगरपालिकाको वडा नम्बर ८ स्थित मदनचौर आधरभुत विद्यालयम पोशाक तथा झोला वितरण गरेका थिए ।