सुर्खेत प्रहरीद्वारा लाखौंको अवैध सामान वरामद
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भन्सार पास नगरेरै कर्णालीमा अवैध रुपमा भित्र्याइरहेको लाखौंको सामान बरामद गरेको छ ।
बबइमा रहेको प्रहरीले भारतीय १३७ जोर कुर्ता सुरुवाल, गोपी व्राण्डको ठूलो परिणाममा मसुर दाल, चामल, २२ वोरा चिनी र गाडी सफा गर्ने वाक्स, १४० पिस बरामद गरेको हो ।
प्रहरी स्रोतका अनुसार रा १च १३५८ नम्बरको नेपालगन्ज देखि सल्लिबजार जाने गाडीमा उक्त सामान प्रहरीले भेटाएको हो ।
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण बहादुर शाहीले जिल्लाका विभिन्न स्थानबाट लाखौंको सामान बरामद गरिएको बताउँदै आज वा भोली नै गाडीमा साान राखेर भन्सार कार्यालयमा बुझाउने बताए ।
