तरूण दलका केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
केन्द्रीय समिति विस्तार भएको तीन महिनापछि आइतबार काठमाडौंको प्रज्ञा भवनमा शपथ खुवाइएको हो।
सभापति शेरबहादुर देउवाले गत असार १३ गते विद्वान गुरूङ नेतृत्वको तरूण दलमा चार सय जना सदस्य मनोनीत गरेका थिए।
शपथ समारोहमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य जीतजंग बस्नेत, उदयशम्शेर राणा, राधा घले, लक्ष्मी खतिवडालगायत उपस्थित थिए।
कार्यक्रममा तरूण दल अध्यक्ष विद्वान गुरूङले सामाजिक सञ्जालहरूमा निराशा देखिएको बताए।
तरूण दलमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन। नियमित अधिवेशन नभएकोले सभापति देउवाले तदर्थ समिति गठन गर्दै आएका छन्।