दसैंकाे अवसरमा ठाटीकाँध बजार अनुगमन
दैलेख । दसैंलाई लक्षित गरेर ठाटीकाँध बजार अनुगमन गरिएकाे छ ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु जफत गरि नष्ट गरिएको छ । बिहिबार र शुक्रबार गाउँपालिका उपाध्यक्ष देबिराम बडुवालकाे संयोजकत्वमा गाउँपालिकाले ठाटिकाँध बजारमा सञ्चालित होलसेल, खुद्रा किराना पसलहरु, हाेटेल , मासु पसल तथा मेडिकलहरुको अनुगमन गरेको थियो ।




चाडवाडको समयमा हुने कालोबजारीलाई समेत नियन्त्रण गर्ने उद्देश्यले गरिएको अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिनुका साथै बिना दर्ता सञ्चालित पसल व्यवसायहरु दर्ता गरेर मात्र सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर भण्डारी , कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाही , उधम बिकास शाखा प्रमुख मनसिंह बुढा तथा अन्य कर्मचारीहरु, स्थानीय प्रहरी, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधी लगायतको उपस्थितीमा बजारको अनुगमन गरिएको हो ।



