टयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते
दैलेख । कालिकोटको पलाँता गाउपालिका २ राडुनेटाबाट थिर्पु जान लागेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । ।
मृत्यु हुनेमा पलाँता गाउँपालिका १ का ६५ वर्षिय शिवचन्द न्यौपाने रहेका छन भने सोहीका नन्द रिखी न्यौपाने गम्भिर घाईते रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार शिवचन्द न्यौपानेको घटना स्थलमै मुत्यु भएको हो। यस्तै दुर्घटनामा सोही वडाका नन्द रिखी न्यौपाने गम्भीर घाइते भएका छन्।

राडुनेटा बाट थिर्पु जान लागेको कर्णाली प्रेदश ०२००१ त ०१६५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयको भनाइ छ। घाइते भएका न्यौपानेको उपचारका लागि पलाँता अस्पताल थिर्पु ल्याइएको छ। चालक भने सकुसल रहेको प्रहरीले बताएको छ।
