विश्व खाद्य कार्यक्रमले भूकम्प पीडितका लागि ५ मेट्रिक टन चामल पठाउने
काठमाडौँ । गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितहरूका लागि विश्व खाद्य कार्यक्रमले ५ मेट्रिक टन चामल पठाउने भएको छ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय स्रोतका अुनसार आजै ५ मेट्रिकटन चामल पीडितका लागि पठाइने भएको हो। जाजरकोटका लागि ३ र रुकुमपश्चिमका लागि २ मेट्रिक टन चामल नेपालगन्ज, सुर्खेत हुँदै पीडित भएको ठाउँसम्म पपठाउन लागिएको हो।
गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी १३८ जनाको निधन भएको र १६३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।