जाजरकोटमा भुकम्पबाट मृत्यु हुनेको संख्या घट्यो
जाजरकोट । जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेहरूको संख्या घटेको छ । यसअघि १०५ जनाको मृत्यु भएको भनिए पनि मृतक संख्या १०१ जना यकिन भएको छ । नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिका स्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेको हुनाले संख्या कम भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु खलङ्गामा भएपनि नलगाड नगरपालिकाले पनि मृतकको सूचीमा उनको नाम राखेको पाइएको छ ।
चार जना मृतकको नाम दोहोरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए । उनले भने,जाजरकोटमा अहिलेसम्म १०१ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरूको जिल्ला अस्पताल जाजरकोटमा पोस्टमार्टम पनि गरिएको छ । मृतक ९५ जनाको शव आफन्तहरूलाई बुझाएको सकिएको र ६ जनाको शव जाजरकोट अस्पतालमा रहेको डिएसपी रोकाले जानकारी दिए । ६ जना मृतकका आफन्त परिवारका सदस्य वैदेशिक रोजगारीबाट फर्कँदै छन् उनले भने ।