जीप दुर्घटनाहुँदा २२ जना घाइते, ७ को अवस्था गम्भीर
दैलेख । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल नजिक जिप दुर्घटनामा परेको छ ।खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार सदरमुकाम जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटनामा परी २२ जना घाइते भएको जानकारी दिए । उनका अनुसार ७ जनाको अवस्था गम्भीर छ ।
उनीहरुको चौरजहारी अस्पतालमा उपचार भइ रहेको छ । जिप तिव्र गतिमा रहेको तथा ओभर लोडका कारणा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।