सुर्खेतमा आन्दाेलनकारी आक्राेशित, उग्र बन्दै आन्दाेलन
सुर्खेतमा चालकलाई कडा कारबाहिकाे माग गर्दै आन्दाेलनकारीहरू आक्राेशित बनेका छन् । आन्दाेलनले उग्र रूप लिएकाे छ । बिहानदेखि टाएर बालेर उनिहहरूले आन्दाेलन गरीरहेका छन् । उनिहरूकाे माग सुनुवाई नभएपछि आन्दाेलनले उग्र रूप लिएकाे हाे । उनिहरू आक्राेशित भएर रोकेर राखेको मान्छे सहितको हरीयाे अटो पल्टाएका छन । नेपालगंज बाट आएका वडा अध्यक्ष र बिध्यालयको व्वस्थापन समितीका मान्छेहरूलाई सुब्बाकुना बाट प्रहरीको भ्यानले स्कटिङ गरेर लिएकाे छ ।

ठक्कर दिदाँ माेटरसाइकल चालककाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाईटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाईकललाई ठक्कर दिएकाे हाे ।

हिजाे साँझ शैक्षिक अवलाेकनकाे लागी सुर्खेत पुगेर फर्कदै गरेकाे बसले वीरेन्द्रनगर ११ सुब्बाकुनामा साँझ माेटरसाईकललाई ठक्कर दिएकाे थियाे ।

