भारतीय गायक तथा संगीतकार राशिद खानको निधन

काठमाण्डौँ। भारतका गायक तथा संगीतकार उस्ताद राशिद खानको निधन भएको छ । लामो समयदेखि उपचाररत उनको मंगलबार कोलकाताको एक अस्पतालमा ५६ वर्षको उमेरमा निधन भएको हो । उनी प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
उनले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम..’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाएका छन् ।
१ जुलाई १९६६ उत्तर प्रदेशको बदाउँमा जन्मिएका खान सानैदेखि शास्त्रीय संगीत सिक्न थालेका थिए ।
खानलाई सन् २००६ मा पद्मश्री र २०२२ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो । उनको आज अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।