कृषि पशुपालन सहकारी ठाँटीकाँधको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
दैलेख । ठाँटिकाँध गाउँपालिकामा रहेको श्री ठाँटिकाँध कृषि तथा पशुपालन सहकारी सँस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७७ माघ १२ मा औपचारिक रुपमा कृषि क्षेत्र र ग्रामिण क्षेत्रका निमुुखाको जीवनस्तर माथी उठाउनका लागि गठन भएको सहकारीले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
करिब ३५० जना सेयर सदस्यहरु रहेको उक्त सहकारीले यतिबेला गाउँपालिका भित्रका सबै वडाहरुमा कार्यक्षेत्र विस्तार गरेको छ । ठाँटिकाँध गाउँपालिकाको कृषि क्षेत्र लगाएत पशुपालनको क्षेत्रमा वृहत योजनाका साथ काम गर्नुका साथै आर्थि बचत लगाएत शुलभ ऋणको समे व्यवस्थापन गरिरहेको छ ।
ठाँटिकाँध गाउँपालिकाको केन्द्रमा रहेको सहकारीको वार्षिक साधारणसभामा सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ भने आगामी दिनमा सहकारीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सहकारीका सदस्यहरुबिच व्यापक छलफल गरिएको छ ।
सहकारीको उद्धघाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले सहकारीका सदस्यहरुले कृषि र पशुुपालनको क्षेत्रमा गतिविधि बढाउनुुपर्ने साथै जमिन अनुसारको खेति आजको आवश्यकता भएको बताउनुु भयो ।
यसै गरि सहकारीको तेस्रो वार्षिक साधारण सभालाई शुुभकाना राख्दै ठाँटिकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहाले यतिबेला ग्रामिण क्षेत्रमा समे कृषि उपजहरु उत्पादन कमी भएको र बाहिरबाट आयात हुने गरेकोमा दुःख व्यक्त गर्दै अबका दिनहरुमा निर्यातमुखी कृषि गर्नेहरुका लागि गाउँपालिकाले विशेष कार्यक्रमका साथ सहयोग गर्ने प्रतिवद्धता जनाउनुुभयो ।
सहकारीको तेस्रो वार्षिक साधारण सभाको अवसरमा सहकारीको कार्यक्षेत्र भित्रका आम नागरिकहरुको व्यापाक उपस्थिति रहेको थियो ।
