२१ करोड बढी लागतमा संचालनमा आयो स्टे होटल भ्यालीभ्यू

सुर्खेत । सुर्खेतमा गुणस्तरिय सेवा सुविधासहित करिब २१ करोड बढी लागतमा स्टे होटल भ्यालीभ्यू सञ्चालनमा ल्याइएको छ ।
प्रदेश राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर–१४ लादेमा उच्चस्तरिय सुविधासहितको तीन तारे होटल सञ्चालनमा आएको हो ।
होटलको नयाँ वर्ष २०८१ को अवसर पारी औपचारिक उद्घाटन गर्न लागिएको छ । कर्णालीको समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले वीरेन्द्रनगरमा लामो समयदेखि सञ्चालनमा रहेको होटल भ्यालीभ्यूको शाखाका रुपमा पर्यटन व्यवसायी तर्कबहादुर शाहीले होटल सञ्चालनमा ल्याउनुभएको हो ।
कर्णालीका प्रमुख पर्यटकिय क्षेत्रको प्रचारप्रसार र अवलोकन गर्न आउने पाहुनाका लागि स्तरीय बसोवासलाई मध्यनजर गर्दै शाखा विस्तार गरेको होटल व्यवसायी महासंघ कर्णालीका अध्यक्षसमेत रहेका स्टे होटल भ्याली भ्यूका अध्यक्ष शाहीले बताउनुभयो ।
करिव एक विगाह क्षेत्रफलमा करिब २१ करोडको लागतमा सुविधा सम्पन्न भौतिक संचालनसहितको होटल सञ्चालनमा ल्याएको शाहीले बताउनुभयो ।
कोरोना महामारीले अर्थतन्त्रमा आएको संकुचनका बिच पनि कर्णालीको पर्यटन व्यवसायलाई टेवा पु¥याउने उद्देश्यले होटल व्यवसायमा लगानी गरेको शाहीको भनाई छ ।
शाहीले २०६० बाट वीरेन्द्रनगर–६ मा सञ्चालनमा ल्याएको होटल भ्याली भ्यू हालसम्म तीन स्थानमा शाखा विस्तार भइसकेको छ भने कर्णालीका १० वटै जिल्लामा शाखा विस्तार गर्ने गरी तयारी भइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिका–१४ को गढीमा स्टे होटल भ्याली भ्यू र जुम्लाको चन्दननाथ नगरपालिका–६ मा रारा स्टे भ्याली भ्यू रिसोर्ट प्रालि स्थापना भइसकेका छ ।
स्थानीय तथा अर्गानिक उत्पादनको प्रयोग र उपभोगमा टेवा पु¥याउदै आएको भ्याली भ्यूले स्थानीय कृषकहरुलाई रैथाने बाली उत्पादनमा प्रोत्साहनसमेत गर्दै आएको अध्यक्ष शाहीले बताउनुभयो ।
शाहीले कर्णालीमा होटल क्षेत्रमा ३ दशकको अवधिमा स्थापना गरेका तीन वटा होटलमा झण्डै ३५ करोड लगानी गरिसक्नुभएको छ । भने एक सय २० बढीलाई प्रत्यक्ष रोजगारी दिनुभएको छ ।
निकट भविष्यमा कर्णालीको प्रमुख पर्यटकिय क्षेत्र मुगुको रारा तालमा पनि होटल विस्तार गर्न लागेको उहाले बताउनुभयो ।
कर्णालीको पर्यटन क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धनका लागि तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिन सके कर्णालीको अर्थतन्त्रले फड्को मार्ने शाहीको दावी छ ।
प्रदेश राजधानी घोषणा भएसँगै यहाँको शैक्षिक, प्रशासनिक, राजनीतिक, आर्थिक र पर्यटकीय अवस्था चलायमान हुँदै जानुलाई कर्णालीका लागि सुखद पक्ष भएको बताउँदै शाहीले कर्णालीलाई चिनाउने प्रमुख माध्यम नै पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाई थियो ।
यस्तै होटलमा रहने सनसेट रेस्टुरेन्टमा कर्णालीको अर्गानिक मार्सी चामलको भात, जुम्ला सिमीको दाल, सिस्नु, फापरको रोटी, कोदाको ढिंडो, कालिजको मासु, बट्टाईको झोल, लोकल कुखुराको मासु, मोही लगायतका स्थानीय परिकारहरु उपलब्ध हुनेछन् । यसका साथै प्रत्येक साँझ सांगीतिक साँझसमेत हुने जनाइएको छ ।