कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रतनबहादुर शाही

कालिकोट । एक महिनाअघि उद्घाटन गरेर स्थगित भएको कालीकोट उद्योग वाणिज्य संघको चुनावबाट एकीकृत समाजवादीका रतनवहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न चुनावबाट शाही दोश्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका शाही कांग्रेस, मजदुर किसान पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धनबाट चुनावी प्रतिष्पर्धामा थिए । उनले एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका तिलबहादुर शाहीलाई ४३ मतान्तरले हराए ।
कूल ८ सय ६५ मतदाता रहेको चुनावमा पुन अध्यक्षमा दोहोरिएका शाहीले २ सय ७३ मत पाए भने एमाले माओवादी केन्द्र गठबन्धनका तिलवहादुरले २ सय ३१ मत पाए । बुधवार भएको चुनावको मतगणना बिहीवार सकिएको हो । वरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव र सचिवमा भने एमाले माओवादी गठबन्धनका उम्मेदवार विजयी भए ।
वरिष्ठ उपाध्यक्षमा एमालेका जनकवहादुर शाही, द्धितीय उपाध्यक्षमा माओवादी केन्द्रका गौरी संज्याल गण्डकी, महासचिवमा एमालेका कमलराज बराल, कोषाध्यक्षमा कागग्रसका खगेन्द्र पाण्डे र सचिवमा कांग्रेसका भद्रबहादुर बम विजयी भए ।
कालीकोटका ब्यापारी र उपभोक्ताको अधिकार संरक्षणका लागि क्रियाशील हुने पुन विजयी बनेका शाहीले प्रतिबद्धता गरे । उनले संकटमा पर्दै गएको मान्म बजारलाई चलायमान गर्न पर्यटन प्रर्वद्धनलगायतका कार्यक्रम संचालन गर्ने योजना सुनाए ।