कालीकोटको मान्मामा प्रभु बैंकको नँया शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले आजदेखि कालीकोट खाडाचक्र नगरपालिका, वडा नं.०१ स्थित मान्मामा ३०५औँ शाखा सञ्चालनमा ल्याउने भएको छ ।
बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।