दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

सुर्खेत। दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।
दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा नम्बर ५ धितामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएका छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डिएसपी सुनिल दाहका अनुसार उक्त जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्ये ७ जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुई जनालाई रिफर गर्ने तयारी भइरहेको जनाएको छ।