कालिकोटको ताडिमा ६३ ट्रक स्याउ पार्किङ
सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लाबाट लोड गरिएका ६३ ट्रक स्याउ कालिकोटको ताडिमा पार्किङमा राखिएको छ।
हिजो कालिकोट को गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।
पहिरो पन्छाउने काम भइरहेको भय पनि अझै कति समय लाग्ने भन्ने यकिन नभएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
