जाजरकोटमा पहिरोमा घर पुरिँदा दुई जना बेपत्ता, एकजना घाइते
सुर्खेत । जाजरकोटमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमती बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका-६ तल्लो धुममा अविरल वर्षापछि आइतबार बिहान २ः५० बजे पहिरो खस्दा मानबहादुर चलाउनेको घर पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ४७ वर्षीय चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेम कुमारी चलाउने घरसँगै पहिरोमा पुरिएका छन् ।
उक्त घरमा चार जना थिए । मानबहादुरकी छोरी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
