सिवाईसी नेपाल लघुबित्त ठाटिकाँध शाखाद्वारा मृत्यु राहात बितरण तथा कर्जा मिनाहा
दैलेख । सिवाईसी नेपाल लघुबित्त बित्तिय संस्थाको ठाटिकाँध शाखाले लघुबित्त कायक्रममा आबद्ध एक जना सदस्यको ७५ हजार कर्जा मिनाहा गरेको छ । बुधबार महा शिबरात्री काे अबसरमा संस्थाको ठाटिकाँध शाखा दैलेखले जौकला नेपालिको नाममा प्रवाह भएको ७५ हजार रुपैयाँ कर्जा मिनाहा गरेको हो ।

जौकलाको श्रीमान दिले नेपालीको दु:खद निधन भयपछी सस्थाले उनको कर्जा मिनाहा गरेको हो । ठाटिकाँध ०१ कि जौकलाका श्रीमानको दु:खद निधन पछि बुधबार सस्थाले कर्जा मिनाहा तथा मृत्यु राहत बापत रु १२५०० बाह्र हजार पाँच सय रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

मृतक नेपालिको श्रद्धाञ्जली सभामा ठाटिकाँध वडा नं १ का वडा अध्यक्ष श्री चक्र बि क र श्री देवलगण आ बि ठाटिकाँध ०१ नुवाबनका प्रधानाध्यापक श्री गगन बि क लगायत सम्पुर्ण केन्द्र का दिदिबहिनी को उपस्तिथिमा उक्त कर्जा मिनाहा र राहत स्वरुपको रुपैयाँ हस्तान्तरण गरिएको सिवाईसी नेपाल लघुबित्त बित्तिय सस्थाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष श्री रक्ष बहादुर शाहले उक्त कार्यकाे उच्च प्रशंसा गर्दै धन्यवाद दिएका छ्न । सिवाईसी नेपाल लघुबित्त बित्तिय सस्थाले बेरोजगार संग रोजगार , उत्पादन संग बजार तथा आर्थिक अभाव संग सिवाईसी लघुबित्त भन्ने नारा सहिद नेपालराष्ट बैंकबाट (घ) बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको बित्तिय सस्था रहेको र देश भरका ७७ वटै जिल्लाका कुनाकन्दरा तथा आर्थिक , सामजिक ,रुपमा पछाडी परेका गरिब तथा बिपन्न बर्गको सारथीको रुपमा आफ्नो बित्तिय सेवा प्रदान गर्दै आइरहेको लघुबित्त कार्यक्रम को माध्यमबाट नेपालको गरिबी न्यूनीकरण ,महिला शसक्तिकरण ,महिला उधमशिलता,बित्तीय साक्षरता, जस्ता कुराहरुमा जोड दिदै आफनो सेवा बिस्तार गरिरहेको सिवाईसि ठाटिकाँध शाखा प्रबन्धक श्री सागर शाहीले जनाए ।
