Skip to main content
२०७८ श्रावन २१, बिहिबार

दूल्लू नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण

दुल्लू । तयार नेपालको आर्थिक सहयोग र एभरेष्ट क्लव दैलेखको सहजिकरणमा दुल्लू नगरपालिकामा कोभिड – १९ सम्वन्धी आपतकालिन प्रतिकार्य सामग्री सोमवार वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड – १९ ¬) संक्रमण रोकथाम तथा नियन्त्रण लागि एभरेष्ट क्लव दैलेखले दुल्लू नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो । नगरपालिकालाई सर्जिकल मास्क ४०० माक्स , ग्लोभ्स २० वक्स , सेनिटाइजर एक हजार एमएल को ४० वोतल , पिपिइ सेट ९० थान र थर्मल गन १५ वटा रहेका छन ।
यस्तैगरि एभरेष्ट क्लव दैलेखले ६ जना स्वास्थ्य कर्मी स्वयम सेवक पनि खटाएको छ । स्वयम सेवकहरुले दुल्लू नगरपालिकामा कोरोना पोजेटिभ भएका विरामीलाई निरन्तर सल्लाह सुझाव गुनासाहरु संकलन गर्नेछन् । नगरपालिकामा कोभिड – १९ सम्वन्धी जानकारी तथा सहयोग उपलब्ध गराउनको लागि कोभिड – १९ सहायता कक्ष स्थापना गरिएको छ ।
तयार नेपाल अन्तरगत एभरेष्ट क्लव दैलेखले स्थानीय सरकारको विपद जोखिम न्युनीकरण सम्वन्धी क्षमता विकास संगसंगै विपद पूर्व तयारी प्रतिकार्य योजना तर्जमा तथा कार्यन्वयन , विपद समयमा गरिने उद्धार र विपद पश्चात सामाजिक आर्थिक पुनःलाभ गर्ने खालका क्रियाकलाप सञ्चालनको लागि सहजिकरण गर्दै आएको एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक शाहीले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै आगामी दिनमा पनि स्थानीय तहसंग सहकार्य र समन्वय गर्दै अघि बढ्ने अध्यक्ष शाहीको भनाइ रहेको छ ।

सामग्री वितरण कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले यस्तो महामारीको समयमा दातृ निकायको सहयोगलाई धन्यवाद दिदैं आगामी दिनमा अझैं प्रभावकारी कार्य हुनेमा आफु विश्वस्त रहेको वताए । नगर प्रमुख भण्डारीले भने, दुल्लू नगरपालिकाका सबै वडामा स्वास्थ्य परिक्षण कार्य गरिरहेको जानकारी दिए । कोरोना पोजेटिभ विरामीहरुलाई नगरपालिकामा उपलब्ध औषधी कसैलाई पाएनौं भन्ने आवाज आउने छैन भन्ने विश्वास दिलाउन चाहान्छु,उनले भने ।
वितरण कार्यक्रममा दुल्लू नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही , विपद फोकल प्रर्सन समशेर बहादुर शाही , दुल्लू नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु बहादुर शाही ,एभरेष्ट क्लव दैलेखका कार्यक्रम संयोजक चन्द्र बहादुर खड्काको उपस्थिति रहेको थियो ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: