आइपिएल : पञ्जाबसँग ११ रनले पराजित भयो गुजरात

पञ्जाब किंग्सले गुजरात टाइटन्सविरूद्ध जित निकालेको छ।
इण्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा पञ्जाबले गुजरातमाथि ११ रनको जित निकालेको हो।
नरेन्द्र मोदी स्टेडियममा २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाएर २३२ रनमात्रै बनाउन सक्यो।
गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ७४ रन बनाए। उनले ४१ बलमा ५ चौका र ६ छक्का हाने।
जोश बट्लरले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ५४ रन बनाए। शेरफेन रथरफोर्डले २८ बलमा ४ चौका र तीन छक्का हानेर ४६ रन जोडे। कप्तान तथा ओपनर शुभमन गीलले १४ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३३ रनको योगदान गरे।
बलिङतर्फ अर्शदीप सिंहले २ तथा मार्को जनसेन र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेट गुमाएर २४३ रन बनाएको थियो।
पञ्जाबका लागि कप्तान श्रीयास ऐयरले सर्वाधिक ९७ रन बनाए। उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गरे।
ओपनर प्रियान्स आर्याले २३ बलमा ७ चौका र २ छक्का प्रहार गरी ४७ रन बनाए। शशांक सिंह १६ बलमा ६ चौका र २ छक्का हानेर ४४ रन बनाउँदै नट आउट रहे।
बलिङतर्फ साइ किशोरले तीन तथा कगिशो रबाडा र रशिद खानले एक/एक विकेट लिए।
आइपिएलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ।