अमेरिका जाने भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु
काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका जाने भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु गर्ने जनाएको छ ।
यही वैशाख १५ गतेदेखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेसन बारकोड नम्बर सहितको डिएस–१६० भिसा आवेदन फारम साथमा लिएर जानुपर्नेछ ।
आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर मेल खानु पर्नेछ ।
मेल नखाएको खण्डमा भिसा अन्तर्वार्तामा सहभागी गराउन नसक्ने दूतावासले जनाएको छ ।
यसरी मेल नखाएको खण्डमा नयाँ अपोइन्टमेन्ट बुक गरेर भिसा आवेदन अगाडि बढाउनुपर्ने उल्लेख गरेको छ ।
