दैलेखमा सेफ हाउसको शिलान्यास
दैलेख । जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षणका लागि दैलेखमा बाल हेल्प लाइन, र सेफ हाउस भवन निर्माणको शिलान्यास गरिएको छ । सहरी विकास मन्त्रालयको १ करोडको लगानीमा सेफ हाउस भवन निर्माण हुन लागेको हो । प्रतिनिधि सभा सदस्य सिता कुमारी राना र सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले संयुक्त रूपमा भवनको सिलान्यास गरेका थिए ।
विगतमा अस्थायी रूपमा भाडाको घरमा सञ्चालन हुँदै आएको सेफ हाउस भवन निर्माण सहज हुने बताईएको छ । चालु आर्थिक बर्षमा सेफ हाउसको एकतले भवन निर्माण गरिने छ भने बजेटको सुनिश्चित भएमा अर्को तला थप गरिने योजना रहेको सोसेक नेपालले जनाएको छ ।
सेफ हाउसको शिलान्यास गर्दै प्रतिनिधी सभा सदस्य सिता कुमारी रानाले सेफ हाउस भवनलाई मानव अधिकार सामाजिक न्याय भवन भएको बताईन । ‘सुरक्षित आवास नभएर पीडितले पुनस्र्थापना र पुनर्जीवनको प्रक्रिया सुरु गर्न सक्दैनन, ‘यो संरचना उनीहरूका लागि आशाको दियो सावित हुनेछ उनले भनिन।
त्यसैगरि जोखिममा परेका महिला तथा बालबालिकालाई सुरक्षित राख्ने स्थानको अभावसँगै ठूलो चुनौति थियो । अब स्थायी संरचना बन्ने भएपछि हामी यो सेवालाई जोखिममा रहेका बालबालिका महिलालाई सहज हुने आशा गरि सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिए । सेफ हाउस निर्माणका जमिन सोसेक नेपालले उपलब्ध गराएको हो ।
सिलान्यास कार्यक्रममा सहभागी पत्रकार विशाल सुनारले यो संरचना दैलेखका लागि अत्यन्त आवश्यक र प्रतीक्षित भएको बताउनुभयो । यो भवन जोखिममा परेका व्यक्तिहरूका लागि मात्र होइन, सामाजिक रूपान्तरणका लागि पनि एउटा आधारशिला हुनेछ, उहाँले भन्नुभयोे, ‘पत्रकारको हैसियतमा म धेरै समयदेखि यस्तो संरचनाको आवश्यकता महसुस गर्दै आएको थिएँ, आज यसको सुरुवात देख्दा अत्यन्त खुसी लागेको छ ।’
‘यो केवल भौतिक संरचना मात्र निर्माण नभएर, यसले आवाज विहीनहरूको पक्षमा बोल्ने, उनीहरूलाई संरक्षण दिने, र पुनर्जीवनको अवसर दिने माध्यम हुनेछ ।’
