युवा संघ महाधिवेशन : थेवे र पुरीको उम्मेदवारी, द्विपक्षीय भिडन्त पक्का

पोखरा । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीले मनोनयन दर्ता गरेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका थेबे वर्तमान समितिका पनि अध्यक्ष हुन् भने पुरी महासचिव हुन्। आज मनोनयन दर्ता गर्दा पनि आ–आफ्नो पक्षका युवाहरूले नाराबाजी गरेका थिए। साथै उनीहरुको आ आफ्नै प्यानल पनि बनेको छ ।
युवा संघको पदाधिकारी, केन्द्रीय समिति, निर्वाचन आयोग, लेखा आयोग, युवा विज्ञ आयोग र अनुशासन आयोगमा पनि उम्मेदवारी दर्ता भएको छ। युवा संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ।
अध्यक्षमा हालसम्म थेबे र पुरी गरी दुईजनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् भने अन्य पदमा धेरै ले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता लिन, दाबी विरोध गर्न र अन्तिम नामावली प्रकाशन गर्न समय लाग्ने निर्वाचन आयोगको भनाई छ ।