दैलेखको ठाटीकाँध गाउँपालिकाले आव ०८२/०८३ का लागि ४१ करोडको बजेट सार्बजनिक
दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे ४१ करोडको बजेट विनियोजन गरेको छ । मंगलबार बसेको १७ औं गाउँसभाले ४१ करोड ५० लाख ३१ हजार ५९ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।


गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ २३ करोड ४५ लाख ३५ हजार ५९ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ४ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ । ठाटीकाँध गाउँपालिकाले बजेट व्यवस्थापनको लागि संघीय सरकार बाट प्राप्त अनुदान अन्तर्गत समपुरक , समानिकरण , विशेष, राजश्व वाडफाड तथा प्रदेश सरकार बाट प्राप्त अनुदान समपुरक, समानिकरण, विशेष, राजश्व वाडफाड, ससर्त र अन्तरिक स्रोत समेटेर बजेट निर्माण गरेको हो ।
आज गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालले ठाटीकाँध गाउँ सभाकाे १७औं अधिबेशनमा उक्त बजेट पेश गरेका हुन् ।
गाउँ पालिका अध्यक्ष रक्ष बहादुर शाहले नीति तथा कार्यक्रम गाउँ सभाकाे १७ औं अधिबेशनमा प्रस्तुत गरेका थिए प्रस्तुत नीति तथा कार्यक्रम बृहत् छलफल पछि सर्बसहमतले पारित भएकाे गाउँसभा सदस्य कनक बहादुर शाहिले जानकारी दिए । आगामि वर्षको बजेट कार्यान्वयन बाट विगतमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै गाउँ पालिका क्षेत्रमा कृषि, पर्यटन, आएमुलक क्षेत्रमा लगानिमा जाेड दिदै आबाश्यक पूर्वाधार निर्माण, आधारभूत स्वास्थ्य तथा सबैमा शिक्षाको पहुँच तथा पालिका क्षेत्र भित्रको दिगो एवं सन्तुलित विकासमा सहयोग पुग्ने गाउँ पालिका अध्यक्ष शाहले जानकारी दिए ।
अधुरा रहेका याेजना तथा कार्यक्रमलाई पूर्णता दिने र पालिकाको दिगो विकासलाई जोड पुग्ने गरि बजेट ल्याएको उपाध्यक्ष देविराम बडुवालले जानकारी दिए ।
