जेनजी नेता रविकिरण हमाल सुर्खेत–१ बाट सिफारिस
सुर्खेत । जेनजी आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेनजी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए ।
उनी राप्रपाको केन्द्रीय सदस्य हुन् । यस्तै भूपेन्द्रबहादुर देवकोटालाई पनि सिफारिस गरिएको छ । यद्यपि युवाहरू माझ चिनिएका हमालले टिकट पाउने सम्भावना छ ।
यो क्षेत्रबाट एमालेले ध्रुव शाही, कांग्रेसले पूर्णबहादुर खड्का र नेकपाले जीतबहादुर रानालाई उम्मेदवार बनाएको छ ।
