नेविसंघ ठाटीकाँधद्धारा २७ वटा स्ट्रेचर वितरण
दैलेख । नेविसंघ ठाटीकाँधद्धारा २७ वटा स्ट्रेचर वितरण दैलेख । नेपाल विद्यार्थी संघ (नेविसंघ) ठाटीकाँधले २७ वटा स्ट्रेचर वितरण गरेको छ ।
ठाटीकाँध गाउँपालिकाका सबै वडामातहमा त्यी स्ट्रेचर वितरण गरिएका हुन् ।
नेपाली काँग्रेस आस्थावान विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा स्ट्रेचर वितरण गरिएका हुन् ।
पालिकाको सबैजसो बस्तीमा सडकको पहुँच छैन्। सडक पुगे पनि भनेको बेलामा गाडी उपलब्ध हुन सक्ने अबस्था नभएकाले स्ट्रेचर वितरण गरिएको नेविसंघ ठाटीकाँधले जनाएको छ।
गाउँमा कोही जटिल बिरामी पर्दा पिठ्युमा बोकेर अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हामी कहाँ छ,’ नेविसंघका सदस्य रविन्द्र थापाले भने ,‘ स्ट्रेचरमा बिरामीलाई ल्याउन सहज होस भन्ने हाम्रो उद्देश्य हो। ६ वडा वडातह रहेको ठाटीकाँधका सबैवडामा स्ट्रेचरहरु पठाईएको थापाले बताए ।
नेपाली काँग्रेस ठाटीकाँधका सभापती नामबहादुर शाहीले नेविसंघले गरेको कार्यले दुर्गमका नागरिकले केही राहत पाउनेमा विश्वास व्यक्त गरे । बर्खाको समयमा गाडी चल्ने अबस्था हुँदैन्,’शाहीले भने ,‘ स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर पु¥याउन स्ट्रेचरले थप सहयोग पुग्नेछ।’
