श्रीमतिद्धारा पतिको हत्या
शुक्रवार दैलेखमा एक महिलाले पतिको हत्या गरेकी छन् । नारायण नगरपालिका ११ की ३३ बर्षिया शुशिला मल्लले पति खकेन्द्रको हत्या गरेकी हुन् ।
खकेन्द्रले मदिरा सेवन गरि दिनहुँ झगडा गर्ने मानसिक तनाब दिने गरेकोले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए ।
सुसिलाले शुक्रवार विहान साढे ९ बजे पति खगेन्द्रलाई मुङग्रोले टाउकोमा प्रहार गरेको श्रेष्ठले बताए । घरमा भएको किला ठोक्ने काठको मुङग्रोले पति खगेन्द्रको टाउकोमा हानी हत्या गरेको जाहेरी दरखास्तका आधारमा प्रहरीले सुसिलालाई नियन्त्रणमा लिएको छ ।
‘खगेन्द्रले मदिरा सेवन गरेर पत्निलाई तनाब दिने गरेको, घरेलु हिंसा सहित दुःख दिने गरेको कारण सुसिलाले पतिको हत्या गरेको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ डिएसपी श्रेष्ठले भने ‘हामीले घटनाको विस्तृत अनुसन्धान थालेका छौँ, अनुसन्धानले सबै खुल्छ ।’ मृतक खगेन्द्रको शुक्रवार नै दैलेख अस्पतालमा पोस्टमार्टम गरिएको छ । सुसिला र खगेन्द्रका क्रमशः १२, ८ र ४ बर्षीया छोरीहरु रहेको प्रहरीले जनाएको छ ।
