प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेको उम्मेदवार छनोट प्रक्रिया सम्पन्न
दैलेख । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का लागि नेकपा (एमाले) ले आन्तरिक लोकतान्त्रिक अभ्यासअनुसार उम्मेदवार छनोट प्रक्रिया सम्पन्न गरेको छ। स्वस्थ प्रतिस्पर्धामार्फत सम्पन्न मतदानमा पार्टी नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।


मतपरिणामअनुसार विष्णु रिजालले ६७ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेका छन्। उनलाई लक्ष्मीप्रसाद पोखरेलले ६६ मतसहित निकै नजिकबाट पछ्याएका छन्। यस्तै, राजबहादुर शाहीले ६१ मत र राजबहादुर बुढाले ५० मत प्राप्त गरेका छन्।

उम्मेदवार छनोट प्रक्रियाले पार्टीभित्रको एकता, सहभागिता र प्रतिस्पर्धात्मक भावना प्रस्ट रूपमा झल्काएको नेताहरूले बताएका छन्। पार्टीले प्राप्त मतपरिणामका आधारमा आवश्यक निर्णय लिने र आगामी निर्वाचनका लागि तयारीलाई तीव्र बनाउने जनाएको छ।
