उद्यमी बन्दै ठाटीकाँधका महिला
दैलेख । पछिल्लो समय ठाटीकाँध गाउँपालिकाका महिलाहरु लघु उद्यमतर्फ आर्कषित हुन थालेका छन् । आर्थिक वर्ष २०७७÷०७८ को मंसिर देखि गरिवी निवारणका लागि लघु उद्यमविकास कार्यक्रम स्थानीय तहवाटै कार्यन्वयन भएदेखि यहाँका महिलाहरुले उद्यमीतिर आर्कषण हुन थालेका हुन् ।संघिय सरकारबाट आएको अनुदान सहयोगबाट चालु आर्थिक बर्षमा ९० जना गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रमअन्र्तगत ४८ जना गरी १३८ जनालाई मागमा आधारित विभिन्न सीप विकास तालिमप्रर्दान गरी नयाँ लघु उद्यमी बनेका छन् । गाउँपालिकामा रहेका ५० जना पूराना उद्यमीको स्तरोन्नतीको कार्य लघु उद्यमविकास कार्यक्रमको उद्यमविकास नमुनामा आधारित रहि विभिन्न उद्यमशिलताका क्रियाकलापहरु सम्पन्न गरिएको छ ।
संघिय सरकार र गाउँपालिकाको आ.व. २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम वाट मेडेप मोडलमा गरिवीनिवारणका लागि लघु उद्यमविकास कार्यक्रमकार्यन्वयनमा भएपछि कार्यक्रमलागु भएकागाउँपालिकाका सवै वडाका लक्षित परिवारका महिलाहरु माग अनुसार सिप विकास तालिम लिएका हुन् । स्थानीय स्तरमै १३ वटा तलिमहरु लिई उद्यम सञ्चालन गरेको ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मनबहादुर थापाले बताए ।

ठाटीकाँध गाउँपालिका–२ की विजारेचौर ढाँका कपडा उत्पादन समुहकी अध्यक्ष विपनाकुमारी सिंजापतीले भनिन ‘पहिले हामिहरुलाई ढाँका कपडा हाम्रो गाँउमा बन्छ भन्ने थाहा थिएन । तर, जब गाउँपालिकाले हामिहरुलाई गाँउमै कपडा उत्पादन गर्ने तालिमप्रदानग¥र्यो । हामीले सामुहिक रुपमा कपडा उत्पादन गर्ने काम गरेका छौं । अहिले सम्म यस्ता तालिम कुनै संघ संस्थाले आयोजना नगरेकाले हामीहरुलाई यस्तो कपडा पनि हातवाटै निमार्ण गर्न सकिन्छ । ज्ञान हुन सकेको थिएन । समुह बाट उत्पादन भएको कपडाको बिक्रिको लागि कुनै पनि समस्या नभएको जानकारी गराईन । अब हामीले ब्यवसायलाई निरन्तरता दिइरहेका छौं ।
त्यसैगरि गाउँपालिकाका अरु वडाहरुमा आरन सुधार सिपविकास तलिम,मौरी पालनसिपविकास तलिम,वाँसका सामग्री निमार्ण,ब्यवसायिक वेमौसमी तरकारी खेती,गिठी काठका ठेकीपारा,फर्निचर, दालमोठ आदितालिम र ब्यवसाय सुहाउँदो उपयुतmप्रविधि पाएपछि सहभागिहरुले आ–आफुले सिकेको सिपलाई साच्चै नै ब्यवसायमा परिणत गर्न थालेको कुरा कार्यक्रम संयोजक कृपारामथापाको भनाई रहेको छ ।
समुदायमा रहेका बिपन्न,दलित, जनजाती, अशिक्षित र गरिबीको रेखामुनी रहेका बर्गलाई लक्षितगरि स्थानीय स्तरमै रोजगारीका अवसरहरु सृजनागर्ने र स्थानिय स्तरमा खेर गैरहेका श्रोत,साधनहरुको सहि सदुपयोग गरि बढ्दो बेरोजगारि समस्यालाई न्युनिकरण गर्ने उद्देश्यले संन्चालितकार्यक्रमले अझै पनि समुदायको मागअनुसार पुनताजकीतलिमहरु दिदै जाने उद्यमविकास शाखा प्रमुख मोहन सिंह वुढाले जानकारी दिए ।
