बालक्लब द्धारा विद्यालयमा वृक्षरोपण
दैलेख । दैलेखको दक्षिणतिर पर्ने गुराँस गाउँपालिकाका विद्यालयमा बालक्लबद्धारा बृक्षारोपण गरिएको छ । वातावरण स्वच्छ र शान्त बनाउने उद्देश्यले सनगाभा वालक्लबले गुराँस गाउँपालिका ४ को घोडाबास र प्रगतिशिल बालक्लव वडानं ५ को गोगनपानीको विद्यालयमा बृक्षारोपण गरिएको हो ।
लकडाउनको समयमा पनि बालबालिकाले केही सिर्जनात्मक काम सिकेर समयको सदुपयोग गर्नका लागि बालक्लबद्धारा कार्यायोजना बनाई कार्यान्वयन गरेको प्रगतिशिल वालक्लबका अध्यक्ष मोहन सुनारले बताए । उनले भने, हामीहरुले केही सिर्जनात्मक काम गरिरहेका हुन्छौं । दुई तीन महिना अघिको लकडाउनमा प्रत्येक घरधुरीमा कोरोना भाईरसबाट जागिने उपाय,घर समुदायमा आचार संहिता बनाएर लागु गरेका थियौं । यो बेला विद्यालयमा बृक्षारोपण गरेका छौं । बालक्लवले गिरेको बृक्षारोपणले विद्यार्थीको स्वच्छ वातावरण बनाउन सहयोग मिल्ने स्थानीयबासी बताउँछन् ।

सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेख र सेभ द चिल्ड्रेनको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले बालबालिकाको क्षमता विकासको लागि विभिन्न खालका क्रियाकलापहरू सञ्चालन गर्दै आएकोले स्वफुर्त रुपमा बालक्लबले बैठकबाट निर्णय गरि विद्यालमा बृक्षारोपण गरेको गरेको परियोजनाका प्रमुख नवराज बिसीले बताए। बालक्लबले आफ्नो कार्ययोजना निर्माण गरी वर्षभर सञ्चालन गर्न सकिने क्रियाकलापहरू तय गर्दछन्। त्यसैअनुरुप विद्यालयमा बगैँचा निर्माण पनि बालक्लबको कार्ययोजनामा समिटिएको क्रियाकलाप भएकाले गुराँसका २ वटा बालक्लबले वृक्षरोपण सुरु गरेका हुन्।
सुनगाभा बालक्लब प्रगतिशील बालक्लबले शुरु गरेको बृक्षारोपण अन्यत्रका बालक्लबको लागि पनि सिकाईएको विषयको भएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए ।
गएको भदौं ३ मा बालक्लबका २० जना बालबालिकाले १०० जति विभिन्न प्रजातिका फूलहरूका बिरुवा रोपेको छन् । यो राम्रो अभ्यास हो यसको सिको अरु बालक्लवले पनि गर्नुपर्छ ,अध्यक्ष ओली भने ।
