राजीनामा दिने वामदेव गौतमको घोषणा
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन्।
केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
उनी आज बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन्।
