हिटलर जस्तो तानाशाह बन्न खोज्दा ओलीको पतन
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै नै सरकारमा सहभागी हुने बताएका छन् ।
एक कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष यादवले भने, ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं।’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिटलरजस्तै निर्वाचित तानाशाह बन्न खोजेकोले उनको पतन भएको अध्यक्ष यादवले टिप्पणी गरेका छन् । ‘लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेर ओलीले ढोँगी राष्ट्रवादको खोल ओढेका थिए । तर त्यसको केही दिनमै नक्कली राष्ट्रवाद उदांगियो ।’
संविधान संशोधनको लागि सहकार्य गरेको बताउँदै उनले संशोधन नगर्ने नियत बुझेपछि ओलीसँगको सहकार्य अन्त्य भएको उनले बताए ।
