भदौ १४ गते सोमवार देशभर सार्वजनिक विदा
सरकारले यही १४ गते साेमवार सार्वजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयका अनुसार १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।
मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएकाे छ ।
