सशस्त्र प्रहरीमा खुल्यो इन्सपेक्टरदेखि मालीसम्मको जागिर (विज्ञापनसहित)
सशस्त्र प्रहरी बलले विभिन्न पदमा एक हजार ९५ जनाको दरखास्त आह्वान गरेको छ।
सशस्त्रले भदौ ११ गते सूचना निकालेर सशस्त्र प्रहरी निरीक्षक‚ सशस्त्र प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर)‚ सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचरमा दरखास्त आह्वान गरेको हो। सशस्त्र प्रहरी निरीक्षकमा खुला र समावेशी कोटा गरी ७५ जनाको दरखास्त आह्वान गरिएको छ। यस्तै‚ सशस्त्र प्रहरी सहायक निरीक्षकमा खुला र समावेशी गरी १३७ जनाको दरखास्त आह्वान गरिएको छ।
यसैगरी सशस्त्र प्रहरी जवानमा ७५५ र सशस्त्र प्रहरी परिचरको भान्छेमा ८८‚ केश कर्तकमा १४‚ कुचिकारमा १३‚ सूचीकारमा ७‚ चर्मकर्मीमा ४ तथा मालीमा २ जनाको दरखास्त आह्वान गरिएको छ।
दरखास्त भदौ ११ गतदेखि असोज १० गतेसम्म भर्न सकिने जनाइएको छ।

