मन्त्रिपरिषद विस्तारबारे देउवा, प्रचण्डबीच छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ।
शनिबार विहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारलाई पूर्णता दिनेबारे छलफल भएको हो।
बुधबार निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका नेताहरुको सनाखत गर्दै पार्टी दर्ताको प्रमाणपत्र दिएसँगै प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकार विस्तारबारे छलफल भएको हो।
माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० को दर्ता सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने प्रचण्डले यसअघि बताएका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ।
