सुर्खेतमा कति प्रतिशतले पाए पुर्ण खोप ?
सुर्खेत । सुर्खेत जिल्लामा हालसम्म १४ प्रतिशत जनसंख्याले मात्र कोरोना भाइरस (कोभडि–१९) विरुद्धको पुर्ण खोप पाएका छन् । झण्डै ४ लाख २३ हजार जनसंख्या रहेको सुर्खेतमा १४ प्रतिशतले मात्र पुरा मात्रमा खोप पाएका छन् भने १६ प्रतिशतले दोस्रो डोज पाएका छैनन् ।
जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार अनुसार पहिलो र दोस्रो गरेर १ लाख २६ हजार ४८५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिईएको छ। जसमध्ये ५९ हजार ९९७ जनाले पहिलो र दोस्रो गरेर पुर्ण मात्रा खोप लगाएका छन् भने ६८ हजार ४८९ जनाले पहिलो मात्राको खोप मात्र प्राप्त गरेका छन् ।
जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी गणेश गौतमका अनुसार २७ हजार २९६ जनालाई कोभिशिल्ड खोपको पहिलो डोज लगाईएको छ। ८ हजार ५८९ जनाले पहिलो र दोस्रो दुबै गरी पुर्ण मात्राको खोप लगाएतका छन् ।
भेरोसेल खोप जम्मा ४७ हजार ५५७ जनालाई लगाईएको छ । जसमध्ये ३५ हजार ३९७ जनाले पहिलो मात्रो डोज मात्र लगाईएको छ भने र १२ हजार १६० जनाले दुबै मात्राको खोप लगाएका छन् ।
यस्तै २२ हजार ७५२ जनाले जोनस एण्ड जोनसन खोप लगाएका छन्।
उनका अनुसार आस्ट्राजेनेका खोप जम्मा २० हजार २९१ जनालाई लगाईएकोा छ । जसमा ५ हजार ७९६ जनाले पहिलो मात्राको र १४ हजार ४९५ जनाले पहिलो र दोस्रो दुबै मात्राको खोप लगाएका छन् ।
