थप १ हजार ३८८ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
काठमाडाैँ । नेपालमा थप १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ७ हजार २५९ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार २१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ३८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७१४ पुगेको छ।
