अध्यक्षबिना केन्द्रीय समिति घोषणा गर्ने वाइसिएलको तयारी
काठमाडौं। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ। वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) का अनुसार राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने छ।
वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन्। सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय रहेका छन्।
नयाँ नेतृत्व चयनका लागि वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो। नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो। तर नेतृत्वको विषय टुंगो नलाग्दा भेला पनि लम्बिएको छ।
२३१ जनाको केन्द्रीय कमिटी
वाईसीएलमा केन्द्रीय समिति २३१ जनाको हुनेछ भने ३५ जनाको पदाधिकारी हुने व्यवस्था छ। यसैगरी ३ वटा केन्द्रीय आयोग निर्माण गर्ने निर्णय पनि वाईसीएलको छ।
नेपालको राष्ट्रिय भेलामा अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाु पेश गरेको संगठनात्मक संरचनासहितको प्रतिवेदन सम्मेलनबाट पास भइसकेको छ। समृद्धि, उत्पादन र विकास केन्द्रीत रहेर अहिले सम्मका उपलब्धिको रक्षा गर्दै संगठनलाई नयाँ प्रणाली मार्फत डिजिटलाइज्ड गर्दै जनजीवनको उत्थान गरी समाजवादी बाटोमा अगाडी बढ्ने निष्कर्ष सम्मेलनको रहेको छ ।
दीपशिखाले आफुले छोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेका थिए। नयाँ नेतृत्वको लागि हाल महासचिव समेत रहेका शेर्पाली र उपाध्यक्ष समेत रहेका देवकोटाबीच बिच प्रतिस्पर्धा भएको हो । यद्यपि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका अन्य नेताहरुले सहमति मै गर्न निर्देशन गरेका थिए।
