संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिबारे आज टुंगो गरिने
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बस्न पाउने(नपाउने कुराको निरूपण सर्वोच्च अदालतले बिहीबार गर्ने सम्भावना छ।
संवैधानिक परिषद् सदस्यसमेत रहेका प्रधानन्यायाधीशसिहतविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्चमा भइरहेको छ।
तत्कालनी केपी शर्मा ओली नेतृत्वको सरकारका बेला उनी सहभागी बैठकका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने(नपाउने विवादको निरुपणा बिहीबारै टुंगिन सक्नेछ।
तत्कालीन प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानन्यायाधीशसमेत सहभागी रहेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग राखेर सर्वोच्च अदालतमा रिट परेका थिए।
ती रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने निर्णय भएको थियो। इजलासमा प्रधानन्यायाधीशको उपस्थितिलाई लिएर अधिवक्ता ओमप्रकाश अर्यालसहितले प्रश्न उठाएका थिए।
तयसपछि प्रधानन्यायधीशले इजलास छाडेका थिए। प्रधानन्यायाधीश बस्न पाउनुपर्ने र बस्न नहुने दुवै मागसहित परेका रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो।
उक्त रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ।
