एमसीसी पास गर्न खोजिएको भन्दै भीम रावलको आक्रोश
काठमाडौँ। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास गर्न खोजिएको भन्दै एमाले नेता भीम रावलले आक्रोश पोखेका छन् । ट्वीटरमार्फत रावलले सरकार जनअनुमोदित नभएको जिकिर गर्दै राष्ट्रघाती सम्झौता अघि नबढाउन चेतावनी दिएका हुन् ।
सरकारले अस्थिर राजनीतिक वातावरणमा एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर एमसीसी अघि बढाउन षड्यन्त्र गरिरहेको रावलको आरोप छ ।
‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइयो, फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ’, रावलले आक्रोश पोखेका छन् ।
उनले अगाडि भनेका छन्, ‘सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’
