जुवातास र पैसा लुट काण्ड, प्रहरीले गुपचुपमै राख्ने कारण के छ ?
जुम्ला . यही भदौ १५ गते सदरमुकाम जुम्ला बजारमा राति ८÷९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’बाहिर आयो । जुम्लाका मैहु भन्ने धनाडेहरुले घरमै बसेर थोरै रमाईलो गर्दै गरेको अवस्थामा एकजना बर्दीधारी प्रहरीले पैसा लुटेको खवर बाहिर आयो । तिनीहरुबाट करिब दुई लाख बराबर रुपैयाँ उठाएको भनेर हल्लाखल्ला थियो ।
स्थानीय केही बुज्रुकहरुले पैसा लुटिएको भन्दै राति जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापालाई खबर समेत गरेका थिए ।प्रहरी नायब उपरीक्षक थापाले पैसा लुटिएको हो भने किटानी जाहेरीसहित प्रहरीमा निवेदन दिन आग्रह गरेको उनीहरुनै बताएका थिए । प्रहरी प्रमुखसँग उनीहरुले त्यही अनुसार अघि बढ्ने कुरा त गरे तर शुक्रबार बिहाना सम्म उनीहरुले जाहेरी दिएनन् । पैसा लुटेको आरोप लगाईएका प्रहरीले जुवातास खेलेको अवस्थामा घरभित्र पुगेर .१० हजार पैसा लिएको स्वीकार्दै बाँकी लिएको छ भन्ने लागे आफूविरुद्ध उजुरी दिनपनि ढाडस दिए । उनका अनुसार पैसा लुटेको आरोप लगाउनेहरु आफै तास खेलिरहेको थिए । त्यही अवस्थामा ती प्रहरी पुगेर पैसा उठाएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती प्रहरी जवानलाई त्यस कार्यमा खटाईएको थिएन । बरु आफूहरु तास खेलिरहेको भन्न नसक्नेहरुले नै आफ्नो पैसा लुटिएको खबर गर्दा प्रहरी काहा गयो ।आरोपितले तास खेल्नेहरुबाट केही पैसा उठाएको कुराले घटनामा संलग्न थिए भन्ने पुष्टि भईसकेको छ । यद्यपि आफू लुटिएको भनेर खबर गर्नेहरुले नै ती प्रहरीविरुद्ध उजुरी दिएका छैनन् ।उनीहरुलशुक्रबार सम्म पनी प्रहरीमा उजुरी दिएनन् । यसले के प्रष्ट पार्छ भने प्रहरीले पैसा लुटेको भन्नेहरु नै जुवाखालमा थिए । प्रहरीमा उजुरी दिँदा आफूहरु नै जुवाखालमा भएको कुरा पर्दाफाँस हुने हो कि भन्ने डरले भित्रभित्रै मिलाउने प्रयासमा लागेको स्रोतबाट खुलेको छ ।उनीहरुलाई अहिले आफ्ना कर्तुत कसरी लुकाउने भन्ने मामला हम्यहम्य छ ।
यता प्रहरी नायब उपरीक्षक युवन चौधरीले भने ,प्रहरीले लुटेको भनेर आरोप लागाइएको हो । यस बिषयमा आफुहरुलाई आधिकारीक जानकारी छैन । दोष मात्र लगाएर जाहेरी निवेदन नदिए प्रहरीले लुटेको आरोप लगाउनेको आरोप सहेर प्रहरी बस्नुको काराण के छ । घटनामा संलग्नलाई कारवाहीका लागि प्रहरीले हिरासतमा राखेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवन चौधरीले लुटेको आरोप लगाउनेहरुलाई निवेदन दिन भनिएको तर सम्पर्कमा नआएको बताए । उनले यस बिषयमा बुझ्दै गरेको बताए । सो प्रकरणमा संलग्न एक स्थानीयले नाम उल्लेख नगरिदिने शर्तमा एक जनाले भनेः हामी घरमै रमाईलो गरिरहेको ठाउँमा म प्रहरी हुँ भन्दै एकजना आएर व्यक्ति व्यक्तिबाट गरी करिब डेढदेखि दुई लाख रुपैयाँ लुटेर गएका थिए ।
मूलतः घटनाको प्रकृतिलाई अध्ययन गर्दा पैसा उठाउने प्रहरी जवान र त्यस घटनामा रहेकाहरुको गलत छ नै । यदि जिल्ला प्रहरी कार्यालय जुम्लाले ती जवानलाई कारवाही गर्छ भने उजुरी विना के आधारमा कारवाही गर्छ ? यदि उसलाई कारवाही हुने हो भने जवानले पैसा लुटेको प्रमाणसहितको निवेदन खै ? पैसा लुट्ने बेला उनीहरु कुन अवस्थामा के गर्दै थिए ?
पैसा लुटियो भन्नेहरुले अहिले निवेदन किन दिएनन् ? के उनीहरुले लुटिएको पैसा पाए ? पाएका हुन् भने कुन माध्यम वा तरिकाबाट पाए ? कि उनीहरुले आफ्नो बदनाम्बाट बच्ने बाटो अपनाए ? यस विषयमा प्रहरीले गहिरो अनुसन्धान गर्नै पर्दछ । गलत गरेकै आरोपमा प्रहरीले कारवाही भोग्नुपर्ने तर आफू गलत कार्यमा लागेर विना उजुरी प्रहरीले पैसा लुट्यो भनेर आरोप लगाउनेविरुद्ध प्रहरी किन उद्धार बन्यो ? यो पनि खोजीकै विषय बनेको छ ।
शुसासनको क्षेत्रमा काम गर्ने प्रहरीमाथी लगाइएको आरोप यो पहिलो भने होइन । यस अघि पनि जुम्ला चन्दननाथ नगरपालिकाका एक जना सुन व्यापारीको पसलबाट केही परिमाणमा सुन चोरी भयो । त्यहाँ लागुऔषध दुर्व्र्यसनीमा फसेका युवाहरुले चोरेको आरोप लगाईएको थियो । अफसोच ! त्यही चोरी भएको सुन पुनः त्यही सुन पसलमा एक जना महिलाले गहना बनाउने भनेर ल्याईन् ।
सुन पसलेले महिलाले गहना बनाउन ल्याएको सुन आफ्नो पसलबाट चोरी भएको र त्यो पुनःप्राप्त भएको दावी गरे । सुन ल्याउने ती महिला भने प्रहरीकै श्रीमती भएको ती सुन व्यापारीले बताए । तरपनि त्यो काण्ड पनि त्यसैगरी मिलेको पाईएको छ ।
लागु औषध प्रयोगकर्ताहरुले सुन चोरी गरेको आरोप लगाईनु तर त्यो सुन प्रहरीकै पत्नीबाट भेटिनुले को कस्को संलग्नतामा घटना घट्छन् र अन्तमा गएर ती कसरी मिलेमोतोमा टुङ्गिन्छन् भन्ने कुरा लगभग बुझ्नेलाई काफी छ ।
बिडम्बना ! यी यस्ता कार्यले प्रहरी संगठनको संगठनात्मक कार्य र निर्देशित जिम्मेवारीमाथि नैतिक प्रश्नहरु खडा गरेका छन् नै । त्यसभन्दा अँझ बढी घिनलाग्दो कार्यशैली त आफूलाई सामाजिक सेवामा समर्पित गरेको ढ्वाङ् फुक्ने कथित नेतृत्वको दलाल प्रवृति दुगन्धित समाज निर्माणको कुरुप तस्वीर बन्दै गईरहेको नागरिकहरुले अनुभूति गरिरहेका छन ।
