देउवा सरकारले यसरी ग¥यो मोदीको चाकडी !
सरकारले भन्यो- पुतला दहनले मोदीको प्रतिष्ठामा आँच पुग्यो, मित्रराष्ट्रविरुद्ध गतिविधि नगर्नू
काठमाडौँ । सरकारले मित्रराष्ट्रहरूविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनप्रति आपत्ति जनाउँदै मित्रराष्ट्रहरूविरुद्ध गतिविधि गरे कारबाहीको चेतावनी दिएको हो । पुतला दहनको घटनाले मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गतिविधि भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।
‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुतला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,ु गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।ु
गत शुक्रबार एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शन भन्दै प्रदर्शनी मार्गमा मोदीको पुतला दहन गरेका थिए ।
नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा सरकार कटिबद्ध रहेको बताइएको छ । ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ,ु विज्ञप्तिमा भनिएको छ ।
मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिने गृह मन्त्रालयको भनाइ छ । मित्रराष्ट्रविरुद्ध लक्षित हुने गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने गृह मन्त्रालयको चेतावनी छ ।
गत शुक्रबार मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरूका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरूपमा सञ्चार(माध्यमरसामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्कीपूर्ण अभिव्यक्तिजस्ता गतिविधि भएको प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै गृहले विज्ञप्ति जारी गरेको थियो ।

