Skip to main content

जुम्ली किसानको जुक्तिः धानको विकल्पमा स्याउ खेति

जुम्ला । पछिल्लो समयमा नेपालमा परिचित हुँदै गएको कालि मार्सी धानको विकल्पमा स्याउका विरुवा लगाउन थालिएको छ ।

हरेक वर्ष वर्षादको समयमा नदिन कटानले धान रोपेको खेत बगरमा परिण हुन थालेपछि यस्तो गर्न शुरु गरेको जुम्लाको तिलगाउँपालिका ४ नुवाकोटकी पद्मी नेपालीले बताईन् ।

वि स २०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पुरै ज्युलो भेरी खोलाबाट आएको नदिले कटान गर्दा समस्या भएपनि अहिले ती खेतमा लटरम्म स्याउ फलेको देख्दा दुख विर्साने बाटो भएको उनको भनाईछ । उनलाई पाक्न लागेको धानको खेति नदिले कटान गरेको सम्झदा अहिले पनि आँखाबाट आँसु झर्छ । त्यो ज्युलोको नाम कुनबाडा हो । ८० घरधुरीका मानिसहरु मिलेर त्यस ज्युलोमा स्याउको व्यवसायीक खे ितगर्न थालेको त्यस गाउँका किासनहरुले बताएका छन् । एक जना किसानले ५० विरुवा देखि लिएर १ सय ५० वटा जति स्याउका विरुवा लगाएका छन् ।

हरेक वर्ष चैत महिना देखि कार्तिक महिना सम्म धान खेति गर्नको लागि महिलाहरु बढी खटिनु पथ्र्यो अहिले त्यस्तो दुख नभएको अर्की किसान निरा उपाध्यायले बताईन् । उनले भनिन् पहिला धानको उत्पादन पनि कम हुने र साउन भदौमा नदिको वहाव बढेर बगाउँदा वर्ष भरीको दुख त्यसैमा जान्थ्यो अहिले स्याउ मात्रै होइन स्याउसँग सँगै सिमी, मास, गुराँस लगायतका कोशेबाली र आलु, काउली, मुला, गाँजर, गोलभेडा लगायतको तरकारीबाट समेत फाइदा भइरहेको छ ।

नदि कटान रोक्नको लागि अन्य विरुवा रोपेपनि हुन्थ्यो तर स्याउबाट नदि कटान पनि रोक्ने आम्दानी पनि हुने भएकाले यसो गर्न थालेका हौँ उनले भनिन् । स्याउ लगाएको ३ वर्ष सम्म दुख गरेपनि चौथो वर्ष देखि फल दिन थालेपछि पहिलाका दुख हराउन थालेको उनको भनाईछ ।

धान रोप्दा महिलाहरुले बढी खेतबारीको काममा खटिनु पथ्र्यो अहिले महिला पुरुष बराबर काम गर्छौ उनले भनिन् । गाउँमा सडक पनि पुगेको छ स्याउले पनि राम्रो मूल्य पाउन थालेको छ ।

स्याउ बेचेर वर्षमा नगद आम्दानी हुन थालेपछि अरुसँग हात थाप्नु नपरेको र छोरा छोरीको पढाइ खर्च गर्न सहज भइरहेको अर्की किसान कालीखोडे नेपालीले भनिन् । उनले भनिन् स्याउ किन्नको लागि व्यवपारीहरु बगैचामा पुग्न थालेको हुनाले बगैचामा ५० देखि ६० रुपैयाँको किलोमा बिक्री हुँदै आएको छ । धान रोपेपछि कहिले नदिले कटान गथ्र्यो कहिले उत्पादन पनि भने जस्तो हुँदैनथ्यो तर स्याउ लगाए देखि स्याउसँग सँगै अन्य बालीबाट पनि फाइदा भएको हुनाले सहज भइरहेको छ उनले भनिन् । स्याउको बगैचामा आरु, ओखरका विरुवा समेत लगाएको हुनाले राम्रो भइरहेको उनको भनाईछ ।

धान रोपेको बेला चैत महिना देखि कार्तिक सम्म धेरै दुख गथ्र्यो अहिले त्यस्तो दुख छैन अर्की किसान सुपधरा नेपालीले भनिन् । चैतमा बेर्नामा बिउ छरेर जेठमा बिउ निकाल्ने, रोप्ने र असार देखि भदौ सम्म गोडमेल गर्दा असोजमा आएको बाढीले पाक्न थालेको धानको खेत पुरै बगाउँदाको पिडा अहिले हो जस्तो लाग्छ उनले भनिन् । अहिले दुख बिर्साने बाटो हुनुका साथै महिलाहरुको कामको बोझ कम भएको उनको भनाईछ । स्याउ बगैचा व्यवस्थापन देखि स्याउ टिप्ने बेला सम्म महिला र पुरुष दुबैले बराबर काम गर्छौ उनले भनिन् ।

धानको विकल्पमा के हुन सक्छ होला भन्ने विषयमा सोज्दै जाँदा स्याउ लगाएर परिक्षण गर्दा राम्रो हुन्छ की भन्ने कल्पनामा स्याउ लगाएका थ्यौ आज राम्रै फाइदा भइरहेको छ भन्छन् त्यही गाउँका अर्का किसान कृष्णकान्त चौलागाई ।

आफुहरुसँग स्याउका विरुवा किनेर लगाउन सक्ने पैसा नभएको हुनाले २०६७ सालमा आरटीजिपी नामक जिल्लाको एउटा गैरसरकारी संस्थाले बाढी पहिरो नियन्त्रणको लागि कामगर्दै आएको थ्यो त्यससँग सहयोग मागेर विरुवा लगाएको उनले भने । त्यो ठाउँमा खेत भएका सबै किसानलाई समेट्ने गरेर निशुल्क रुपमा ५ सय विरुवा पाएपछि स्याउका लगाएका हौ अहिले राम्रो फलिरहेको छ उनले भने । स्याउ लगाएको वर्ष देखि त्यो ठाउँमा अहिले सम्म नदिले कटान पनि गरेको छैन र स्याउबाट धान भन्दा दोब्बर फाईदा भइरहेको उनको भनाईछ ।

अहिले त्यो ठाउँमा हरेक वर्ष समय अनुसार ५ सय स्याउका विरुवा फलिरहेका छन् अर्का किसान देविराज चौलागाँईले भने । पहिला धान रोप्दा उत्पादन पनि राम्रो नहुने र कहिले नदिले कटान गथ्र्यो भने अहिले त्यस्तो समस्या भोक्न नपरेको उनको भनाईछ । पहिला धान रोप्दा सबै काम महिला एक्लैले खेत बारीमा काम गर्नु पथ्र्यो भने अहिले सबै जना मिलेर काम गर्दा रमाइलो पनि हुने र महिलाहरुको कार्यबोझ पनि कम हुने गरेको उनको भनाईछ ।

स्याउको बगैँचम व्यवस्थापन देखि स्याउ टिप्ने र बजार सम्म पुर्याउने कार्यमा महिला र पुरुष दुबैको समान सहभागिता भएको हुनाले पनि सहज भएको उनकोल भनाईछ । बगैचा भएको ठाउँबाट ग्रामीण सडक पुगेको ठाउँसम्म १० मिनेटकबो बाटो हिड्नु पर्छ भने कर्णाली राजमार्ग भएको ठाउँ सम्म पुग्नको लागि १ घण्टाको पैदैल यात्रा गर्नु पर्ने भएकाले स्याउलदे पनि राम्रो बजार मूल्य पाइरहेको किसानहरुले बताएका छन् ।

पहिला धान लगाएपछि वर्ष भरी खाना पुग्दैनथ्यो भने हिजो आज स्याउ सँगसँगै अन्य कोशेबालीबाट पनि फाइदा भइरहेको अर्की किसान टिम्के नेपालीले भनिन् । आफुलाई आवश्यकता परेको बेलामा त्यही खेतमा उत्पादन भएको तरकारी र सिमी तथा स्याउ बेचेर काम चलाउने गरेकी छु उनले भनिन् । श्रीमान घरमा नभएको बेला घरायसी खर्च टार्न पनि सजिलो हुन थालेको छ उनले भनिन् । मलाई मात्रै होइन त्यो ठाउँमा स्याउ लगाएका सबै दिदी बहिनीहरुलाई सजिलो भएको छ । यसबाट नगद पैसा हातमै आउने भएकाले अरुसँग हात जोर्नु पनेर्् बाध्यताको अन्त्य भएको छ ।

यो ठाउँ मात्रै नभएर जहाँ हरेक वर्ष नदिले कटान गरेर बगरमा परिणत भएका जुम्लाका अन्य खेतहरुमा पनि स्याउको व्यवसायीक खेतिगर्न सकिने भएको अर्का किसान यज्ञप्रसाद उपाध्यायले भने । जुम्लाको धेरै गाउँमा नदि कटानले बगरमा परिणत भएका खेतहरु अहिले बाँझो अवस्थामा छन् तर हामीले स्याउ लगाएर राम्रै फाइदा भएको हुनाले अरुले पनि त्यसै गर्न सकेमा व्यवसायीक स्याउ खेति पनि हुने र नदि कटान जस्ता समस्याहरु प्नि रोकिने भएको उनको भनाईछ ।

अहिले त्यो ठाउँका किसानहरुले जुम्लाकै स्थानिय रैथाने जातको रोयल डेलिसिय, गोलडेन डेलिसियस र रेड डेलिसियस जातको स्याउ लगाइरहेका छन् । पछिल्लो समयमा विकसित फुजी जातका स्याउका विरुवाहरु भित्रन थालेको भएपनि हामीले पुरानै जातको स्याउ लगाएको भएपनि राम्रो फाइदा भइरहेको किसानहरुले बताएका छन् । वर्षमा एक जना किसानले स्याउबाट १ लाख देखि ४ लाख सम्मको आम्दानी गरिरहेको बताएका हुन् ।

स्याउको बजार खोज्न समस्या नभएपनि लामो समय सम्म भण्डारणको व्यवस्था नभएको हुनाले किसानले तोकेको मूल्य भन्दा पनि व्यवपारीले तोकेको मूल्यमा बेच्न परेको छ एक जना किसान शान्ति नेपालीले भनिन् । लामो समय सम्म भण्डारण गर्ने व्यवस्था भयो भने अझ बढी मूल्यमा स्याउ बेच्थ्यौ होला अहिले त्यस्तो छैन उनले भनिन् ।जुम्लामा ९ हजार हेक्टर जमिनमा स्याउ लगाइएकोमा साढे सात हजार हेक्टर जमिनमा लगाइएको स्याउले फल दिदै आएको र बाँकी विरुवा हुर्कदै गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वागवानी शाखामा कार्यरत कृषि अधिकृत खेमराज शाहीले बताए ।

उनले भने,  ‘त्यसमा १ हजार हेक्टर जमिनमा लगाएका उच्च घनत्वका फुजी जातका स्याउ लगाइएको छ भने बाँकी स्थानिय जातको रोयल, रेड र गोल्डेन डेलिसिय जातका स्याउ लगाइएको छ ।’ जुम्लाका स्याउ खेति विस्तारको लागि प्रशस्त समभावना रहेको हुनाले बगरमा परिणत भएका सबै ठाउँमा स्याउ खेति गर्न सकेमा राम्रो आम्दानी भएर किसानको जीवन स्तर माथी उकास्न सकिने भएको उनको भनाईछ ।

जुम्ला सडक सञ्जालसँग जोडिएसँगै स्याउले पनि राम्रो बजार पाउन थालेको उनको भनाइछ । कृषि पेशामा जुम्लाकी ६० प्रतिशत महिलाहरु संलग्न भएको हुनाले स्याउबाट भइरहेको फाइदालाई महिलाहरुले अहिले प्रत्यक्ष उपयोग गर्न पाएकाछन् उनले भने । स्याउ, ओखर र आरु लगायतका फलफूलबाट राम्रो आम्दानी हुन थालेपछि महिलाहरुले पनि आर्थिक अधिकार पाउन थालेका छन् । स्याउको व्यवसायीक खेति गर्नको लागि महिलाद्धारा गठन भएका सहकारी र समुहहरुलाई कृषि विकास कार्यालय, प्रदेश र संघ सरकार मार्फत बगैचा व्यवस्थापन, सिंचाई, नयाँ विरुवा अनुदानमा वितरण र मल तथा विरुवामा देखिएको समस्या समाधानको लागि सहयोग हुँदै आएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कृष्णमाया उपाध्याय /जुम्ला

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: